required documents

शैक्षिक योग्यता

न्यूनतम शैक्षिक योग्यता: +2 / इन्टरमिडिएट वा सोभन्दा माथि।

+2 उत्तीर्ण: २४ वर्षसम्मका विद्यार्थीहरूले आवेदन गर्न सक्नेछन्।

स्नातक (Bachelor) उत्तीर्ण: २८ वर्षसम्मका विद्यार्थीहरूले आवेदन गर्न सक्नेछन्।

स्नातकोत्तर (Master) उत्तीर्ण: ३२ वर्षसम्मका विद्यार्थीहरूले आवेदन गर्न सक्नेछन्।

नोट: उमेर तथा अन्य योग्यता सम्बन्धी मापदण्ड कलेज, पाठ्यक्रम तथा सम्बन्धित निकायका नियमअनुसार फरक हुन सक्छ।


आवश्यक कागजातहरू

आवेदकलाई प्रमाणित गर्ने कागजातहरू

  • पछिल्लो शैक्षिक तहको चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट
  • नागरिकता प्रमाणपत्रको सक्कल प्रतिलिपि तथा त्यसको अंग्रेजी अनुवाद
  • सक्कल राहदानी (पासपोर्ट)
  • जापानमा अध्ययन गर्ने उद्देश्य सम्बन्धी निबन्ध ( Study of Purpose )
  • सम्बन्धित कलेज/क्याम्पस वा कार्यरत संस्थाबाट सिफारिस पत्र
  • शैक्षिक अध्ययनमा ग्याप भएमा ग्याप प्रमाणित गर्ने कागजात
  • आवश्यकताअनुसार अन्य थप कागजातहरू पनि माग हुन सक्छन्।

आर्थिक प्रायोजकका लागि आवश्यक कागजातहरू

  • बैंक ब्यालेन्स प्रमाणपत्र तथा बैंक स्टेटमेन्ट: १ वा ३ वर्षको
  • वार्षिक आय प्रमाणपत्र: १ वा ३ वर्षको
  • कर चुक्ता प्रमाणपत्र (Tax Clearance): १ वा ३ वर्षको
  • नाता प्रमाणित प्रमाणपत्र: विद्यार्थी, प्रायोजक तथा परिवारका सदस्यबीचको सम्बन्ध प्रमाणित गर्न। (नाता प्रमाणित प्रमाणपत्र आवेदन मितिभन्दा ३ महिनाभित्र जारी भएको हुनुपर्नेछ।)
  • प्रायोजक पत्र (Sponsor Letter) 
  • फोटोसहितको जन्मदर्ता प्रमाणपत्र
  • व्यवसाय तथा आम्दानी प्रमाणित गर्ने कागजात
  • सिफारिस पत्र
  • प्रायोजक रोजगारीमा भएमा: पेशा/रोजगारी प्रमाणित गर्ने पत्र
  • प्रायोजकले आफ्नै व्यवसाय/कम्पनी सञ्चालन गरेमा: कम्पनी दर्ता प्रमाणपत्र
  • आम्दानीको स्रोत प्रमाणित गर्ने अन्य आवश्यक कागजातहरू
  • सम्पत्ति मूल्याङ्कन कागजात: आवश्यक परेको अवस्थामा

महत्त्वपूर्ण: आवेदन गर्दा आवश्यक पर्ने सबै कागजातहरू नयाँ तथा अद्यावधिक हुनुपर्छ। सामान्यतया कागजातहरू आवेदन मितिभन्दा २–३ महिनाभित्र जारी भएका हुनुपर्ने हुन सक्छ।

नोट: कलेज तथा सम्बन्धित निकायको आवश्यकताअनुसार थप कागजातहरू माग हुन सक्छन्।